८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा वडादेखि केन्द्रसम्म भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिको बताएका छन् ।
पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बताएका हुन् ।
उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको आरोप लगाए ।
‘नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । म भ्रष्टाचारी होइन । मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरणमात्रै दिएको देखिन्छ । म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठुलो अतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ’, उनले भने ।
प्रधानमन्त्री हुदापनि दिनदिनै यो सरकार नढल्दैन बताउने गरेको जिकिर समेत गरे । उनले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बताए । उनले सरकार बनाउने र ढलाउने विदेशी भन्ने नेताहरुले जनतालाई धोखा दिइरहेको बताए ।