०८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) भारतमा फ्यानकोड एपमार्फत हेर्न सकिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतका लागि स्ट्रिमिङ पार्टनरको रूपमा फ्यानकोडलाई प्रस्तुत गरेको हो । योसँगै भारतमा रहेका क्रिकेट दर्शकले फ्यानकोडका प्लेटफर्महरूबाट एनपीएलका सबै खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
त्यस्तै क्यानले ड्रिम ११ लाई आधिकारिक फेन्टासी स्पोट्र्स पार्टनरका रूपमा प्रस्तुत गरेको छ । क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलमा ८ टिम प्रतिस्पर्धा गर्दैछन । मैदानमै गएर खेल हेर्न खल्ती वालेटमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ ।