०८ मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग दुश्मनविरूद्ध प्रयोग गर्नका लागि शक्तिशाली नयाँ क्षेप्यास्त्रहरू तयारी अवस्थामा रहेको बताएका छन् ।
रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट पुटिनले चेतावनीमूलक अभिव्यक्ति दिएका हुन । एक टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेनमा ‘ओरेश्निक’ क्षेप्यास्त्र प्रहार गरको जनाउँदै त्यसलाई निस्तेज बनाउने कुनै उपाय नभएको दाबी गरेका छन् । यसअघि युक्रेनले रुसविरुद्ध अमेरिका र बेलायतमा निर्मित क्षेप्यास्त्र प्रयोग गरेको थियो । त्यसपछि चर्किएको रुस-युक्रेन युद्ध रुसले ‘ओरेश्निक’ क्षेप्यास्त्र प्रहार गरेसँगै केही मत्थरजस्तो देखिएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुटिनका कदमबारे गम्भीर जवाफ दिन विश्व नेताहरूलाई आह्वान गरेका छन् । उनको देशले पश्चिमा साझेदार देशहरूसँग परिस्कृत रक्षा प्रणालीहरू माग गरिरहेको उनले बताएका छन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसविरुद्ध गम्भीर प्रतिक्रिया जनाउन विश्व नेताहरूलाई आह्वान गरेका छन् । पुटिनलाई उनको कार्यको वास्तविक परिणाम महसुस गराउनुपर्ने जेलेन्स्कीको भनाइ छ । जेलेन्स्कीका अनुसार युक्रेनले पश्चिमी साझेदारहरूसँग अद्यावधिक रक्षा प्रणालीको माग गरेको छ ।
किभले यूएस टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) प्राप्त गर्न वा आफ्नो प्याट्रियट एन्टी-बलिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई अद्यावधिक गर्न खोजिरहेको छ । शुक्रबारको सम्बोधनमा पुटिनले ओरेश्निक हाइपरसोनिक क्षेप्यास्त्र आवाजको १० गुणा गतिमा उडेको र यसको थप उत्पादनका लागि आदेश दिएको बताए । युक्रेनले रुसमा स्ट्रोर्म स्याडो र एट्क्याम्पस क्षेप्यास्त्र प्रयोग गरेको र त्यसको प्रतिक्रियामा ओरेश्निक क्षेप्यास्त्र हानेको पुटिनको भनाइ छ । रुसले प्रहार गरेको क्षेप्यास्त्र ुसिडरु भएको युक्रेनको दाबी छ । तर विज्ञहरूले उक्त कुरा अस्वीकार गरेका छन् । पुटिनले ओरेश्निक मध्यम दूरीको क्षेप्यास्त्र भएको बताएका छन । यस्ता क्षेप्यास्त्रको क्षमता १ हजारदेखि ५५ सय किलोमिटरसम्म हुन्छ । यो हतियार मस्को इन्स्टिट्यूड अफ थर्मल टेक्नोलोजी (एमआईटी) ले बनाएको हुनसक्ने ठानिएको छ । रुसमा यस्ता क्षेप्यास्त्र मेकेयेभ रकेट सेन्टर र एमआईटीले बनाउने गरेका छन ।