९ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ ।
बैठक बालुवाटारमा बिहान ११ बजे बस्ने बस्नेछ । बैठकमा ९ वटा एजेन्डामा छलफल हुनेछ । बैठकमा आर्थिक वर्ष २०८० / ८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुने छ ।
त्यस्तै आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूचीमा छ ।