|  

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सुरू

९ मंसिर, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता सुरू भएको छ ।

अध्यक्ष चयनका लागि सिंहदरबारस्थित मन्त्रालयमा अन्तर्वार्ता जारी रहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीन जनासँग पुनः अन्तर्वार्ता थालिएको हो ।

‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश छ ।झण्डै एक वर्षदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन छ।