९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत पुर्याइएको छ ।
सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो ।
लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।