९ मंसिर, काठमाडौं । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालमा ३२ जना स्टाफ नर्सका लागि दरखास्त खुलेको छ। स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो ।
त्रि.वि. वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको भएको हुनुपर्नेछ। दरखास्त मिति नियमित आगामी २५ गते र डबल दस्तुर तिरेर २९ गतेसम्म रहेको छ।