०९ मंसिर, काठमाडौं । लेबनानी प्रधानमन्त्री नाजिब मिकातीले लेबनानी सेनाले दक्षिणमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने तयारी गरिरहेको जानकारी दिएका छन् ।
आफ्नो ८१ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा मिकातीले यस्तो बताएका हुन् । लेबनानले प्रत्येक वर्ष नोभेम्बर २२ मा यो दिवस मनाइने गर्दछ । आर्मी कमाण्डर जनरल जोसेफ आऊनले लेबनानी सेनाले लेबनानमा संयुक्त राष्ट्रसङ्घको अन्तरिम बलसँगको प्रस्ताव १७०१ अन्तर्गत काम गरिरहने आश्वासन दिए । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । लेबनानको राजधानी बेरुतको एक आवासीय भवनलाई लक्षित गरी शनिवार बिहान इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् ।