|  

काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवा-युवती मृ#त फेला

९ मंसिर, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५-२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ । उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए ।

चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।