०९ मंसिर, काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ सकिएको छ ।
छोरा निराजन प्रसाईंले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमाथि आज न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अप्रमाणित कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो । सोही पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर छोरा निराजन सर्वोच्च अदालत पुगेका थिए ।