९ मंसिर, काठमाडौं । भेनेजुएलाका सशस्त्र सुरक्षा बलका जवानहरूले राजधानी कारकासमा रहेको अर्जेन्टिनी दूतावासमा घेरा हालेका छन् ।
प्रतिपक्ष दलका ६ जना सदस्यहरूले दूतावासमा शरण लिइरहेका छन् । जुलाईको राष्ट्रपति निर्वाचनपछि सरकारी अधिकारीहरूले समात्ने भयमा उनीहरू भागेर अर्जेन्टिनी दूतावासको शरणमा गएका थिए । पेद्रो उर्रुचुर्तु मार्च देखि नै दूतावासभित्र छन् ।
उनी प्रतिपक्ष दलका नेता मारिया कोरिना माचादोका अन्तर्राष्ट्रिय संयोजन पनि हुन् । राष्ट्रिय प्रहरीका हतियारधारी जवानहरूले दूतावास आसपासको सडक बन्दै गरेको शनिवार माइक्रोब्लगिङ वेबसाइट एक्समा उर्रुचुर्तुले लेखेका थिए । उनले पनि एक्समा दूतावासको भवनबाहिर भेनेजुएली प्रहरीहरू तैनाथ रहेको एउटा भिडियो हालेका थिए ।