९ मंसिर, काठमाडौं । काठमाडौंको सिनामंगलमा होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका युवायुवती श्रीमान-श्रीमती रहेको खुलेको छ ।
आइतबार सिनामंगलको जन्मभूमि होटलको बरण्डामा दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए । मृत फेला पर्नेमा सुनसरीका ४ वर्षीय रमेशमाझी र मोरङकी २९ वर्षकी शर्मिला माझी भएको खुलेको छ ।
उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए । उनीहरु हिजो साँझ ७ बजेतिर होटलमा पुगेको खुलेको छ ।