०९ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन ।
सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन । अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको भनिएको छ । गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए ।