|  

परराष्ट्रमन्त्री डा. राणाद्वारा श्रीलंकाका राजदूतलाई बिदाइ

९ मंसिर, काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि श्रीलंकाका राजदूत एयर चिफ मार्सल(अवकाशप्राप्त) सुधर्शन पथिरानालाई आज बिदाइ गरेकी छिन् । 

सो क्रममा मन्त्री देउवाले नेपाल-श्रीलंका सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहकार्यलाई अभिवृद्धि गर्ने दिशामा राजदूत पथिरानाले पुर्‍याएको योगदानको प्रशंसा गरेकी छिन् । 

राजदूत पथिरानाले आफ्नो कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मन्त्री देउवाले उल्लेख गरेकी छिन् । 

उक्त भेटवार्ताका क्रममा दुई देशबीचको मित्रता र सहकार्यलाई अझै मजबुत बनाउनका लागि प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।