|  

जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग २ पटक कुरा गरेको थिएँः  रवि लामिछाने

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जीवी राईलाई पक्राउ गर्न आफूले मलेसियाका गृहमन्त्रीसँग २ पटक कुराकानी गरेको बताएका छन् ।

आइतबार जिल्ला अदालतमा बयान दिने क्रममा उनले जीवी राईलाई पक्राउ गर्नुपर्ने कुरामा आफू नै सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधि भएको जिकिर गरे । ‘जीवी राईलाई पक्राउ गर्नुपर्ने कुरामा सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधि हुँ । मैले मलेसियाका गृहमन्त्रीसँग दुई पटक टेलिफोन सम्पर्क गरेँ,’ उनले भने,

‘मैले काम गर्दा देशभरका सयौँ, हजारौँ सहकारी पीडितहरूको विषय उठाएको रेकर्ड अझै पनि छ । तर यही सहकारीका मानिसहरू कहिल्यै पनि तपाईँको टेलिभिजनमा हाम्रो पैसा आएको हो, हामी पीडित भयौँ भन्न आएनन्,’ उनले अघि भने, ‘मैले टेलिभिजन छोडेर गएको एक-डेढ वर्ष कहिल्यै मैले मेरा विरुद्ध कुनै कुरा सुन्न परेन । न कसैले समाचार बनायो, न कसैले प्रहरीमा भने ।’