१० मंसिर, काठमाडौं । डा.बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् ।
चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतको बैठक बोलाएका छन् ।
तर, आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले चीन भ्रमणको सन्दर्भमा बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।
भट्टराईले पार्टीको तर्फबाट प्रधानमन्त्री र उनको टोलीलाई आगामी चीन भ्रमणको शुभकामना समेत दिएका छन् ।
As I am leaving for my home district Gorkha today and won't be able to attend the consultation meeting of former PMs called by @PM_nepal_ on his forthcoming China visit, here are my few thoughts for his considerations:
— Baburam Bhattarai (@brb1954) November 25, 2024
- Nepal is the oldest independent and sovereign country in…