|  

दुर्गा प्रसाईं अस्पताल भर्ना

१० मंसिर, काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना भएका छन्।आइतबार साँझ उनलाई अस्पताल भर्ना गरिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।