|  

चितवन स्कुल बस दुर्घटना अपडेटः  उपचारको क्रममा एक बालकको मृ#त्यु

१० मंसिर, काठमाडौं । चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आराम्भ पोखरेल छन् । उनको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

गत शनिबार कालिका-४ स्थित चित्रवन स्कुलका विद्यार्थीहरु उपरदाङ्गगढीमा पिकनिक गएर फर्किंदै गर्दा उनीहरु सवार मधेश प्रदेश ०३-०११ क २६७७ नम्बरको बस कालिका-९ मा दुर्घटना भएको थियो । बस दुर्घटनामा २८ जना घाइते भएका थिए ।