१० मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार लोकल सानो गोलभेँडा ८० र भारतीय ठूलो गोलभेँडा ९०,रातो आलु ६५, स्थानीय काउली ९०, लौका ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र हरियो धनियाँ २०० रुपैयाँ मूल्य निर्धारण भएको समितिले जनाएको छ ।