|  

टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै

१० मंसिर, काठमाडौं । भोजपुरको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णोद्धार गरिने भएको छ ।

कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णोद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको बताइएको छ ।  मन्दिरको पुरानो स्वरूपलाई यथावत् राख्दै जीर्णोद्धार गरिनेछ ।

यस मन्दिरमा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । यहाँ दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

यो मन्दिरमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्ने गर्दछ ।मानिसहरू आफ्नो  कुल, पितृको सम्झनामा सदबीज छर्नका लागिसमेत यहाँ आउने गर्दछन् । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ । भाकल पूरा हुने विश्वासले यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ ।