|  

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण स्थगित

९ मंसिर, काठमाडौं ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान जाने कार्यक्रम स्थगित भएको छ ।

परराष्ट्र मन्त्री राणा सोमबार जापान जाने र त्यहीँबाट चीन भ्रमणमा जाने कार्यक्रम थियो ।

स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको स्रोतले जनाएको छ ।