१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सुझाव माग गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार मध्याह्न छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले सुझाव माग गरेका हुन् ।
छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी,पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, एनपी साउद, ईश्वर पोखरेललगायत उपस्थित छन्।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।