|  

एमालेले जरिवाना तिराउन काटेको पत्र नबुझेपछि महानगरले इमेल र हुलाकबाट पठायो पत्र

१० मंसिर, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र बुझ्न नपानेपछि इमेल र हुलाकमार्फत पत्र पठाइएको छ ।

पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् पत्र पठाइएको स्रोतले जनाएको छ । 

एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।