१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन् ।
जनकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ऋण लिन नहुने बताएका हुन् । उनले ऋण लिन सक्ने सामर्थ्य अहिले नेपालसँग नभएको बताए।