१० मंसिर, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।
बैठक साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्विकृत गर्नेछ ।
यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री र मन्त्रीहरूसँग छलफल गर्नुभएको थियो ।