१० मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई भोट दिन आग्रह गरेका छन् ।
आज काठमाडौं आएर साम्पाङले महर्जनलाई समर्थन गर्दै घरदैलोमा समेत हिडेका हुन । आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि समर्थन गर्न आएको उनले बताए । सरसफाइ अभियन्ता रहेका महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन । मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दलहरूलाई चुनौती दिन भन्दै स्वतन्त्र उम्मेदवारहरू पनि एकैठाउँमा आउँदैछन । कीर्तिपुरमा मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ ।