|  

प्रचण्डले आफ्नो अभिब्यक्ति सच्याउँदै भने-‘चाइना कार्ड खेल्न खोजेको भनेको होइन’

१० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्ति सच्याएका छन् । 

चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा उनले आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति दिँदै अभिब्यक्ति सच्याएका हुन । त्यसक्रममा उनले भने,‘चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस भनेको हो ।’ दुई साताअघि हिन्दुमा ‘प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको’ शीर्षकमा प्रचण्डको अन्तर्वार्ता प्रकाशित भएको थियो । ओलीले त्यसको प्रतिवाद गरेका थिए । प्रचण्डले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए ।