१० मंसिर, काठमाडौं । बोर्डर–गावस्कर टेस्ट सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ ।
पर्थमा भएको खेलको पहिलो इनिङ्समा भारतले १ सय ५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १ सय ४ रन मात्रै बनाउन सकेको थियो ।
भारतले ४८७ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो । ५३४ रनको लक्ष्य पछ्याउन आएको अष्ट्रेलियाको टोली २३८ रन मात्रै बनाउन सक्यो । भारत २९५ रनले विजयी हुनुका साथै सिरिजमा १-० को अग्रता पनि बनाएको छ ।