१० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि नै चीन जाने भएकी छिन ।
मन्त्री देउवा प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि पहिले नै जान लागेकी हुन् । आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलका क्रममा उनले भनिन्, ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु ।’
परराष्ट्र मन्त्रालयका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छिन । उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय गरिसकेको छ । प्रस्तावित तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन । प्रस्तावित तालिका अनुमोदन गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।