१० मंसिर, काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले एमाले सांसद अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापानको अध्यागमन विभागबाट अधिकारीसहित ४ जना डिपोर्ट भएका थिए । उनी जापानको एक कार्यक्रममा भाग लिन जापान गएका थिए ।