|  

रविलाई बयानको लागि भाेलि काठमाडौं ल्याइँदै

१० मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याईने भएको छ ।

उनलाई भोलि जहाजमार्फत नै काठमाडौं ल्याईने भएको हो । काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ । गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको लामिछानेविरुद्ध पटक पटक म्याद थप भएको छ । हिजोमात्रै लामिछाने कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।