|  

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

१० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राणाको चीन भ्रमण स्वीकृत गरेको हो।

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन जान लागेकी हुन्।

परराष्ट्र स्रोतका अनुसार राणाको मंसिर १३ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्।