११ मंसिर, काठमाडौं । सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ ।
लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडीसी)र संयुक्त राष्ट्रसङ्घीय महिला एजेन्सीले सोमबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो ।
करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ ।
यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुनु बराबर हो ।अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो । सबैभन्दा कम महिला हत्या दर युरोप र एशियामा रहेको रिपोर्टमा उल्लेख छ ।