|  

पोखरामा ‘भिजिबिलिटी’ कम हुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

११ मंसिर, काठमाडौं ।  सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ ।

उनलाई काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको निक्षेप अपचलनको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको हो। यता बिहानभरि पोखराको ‘भिजिबिलिटी’ कम हुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ भएको छ।

उनलाई बुद्ध एयरको जहाजमार्फत् ८ः४० बजे काठमाडौं ल्याउने तयारी गरेको भए पनि बाक्लो हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले उडान अवरूद्ध भएको हो ।