|  

पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन

११ मंसिर, काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ ।

भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो ।

सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ। १०० भन्दा बढी प्रहरीहरु घाइते भएका छन् । स्थिति बिग्रिंदै जान थालेपछि सरकारले सेना परिचालन गरेको हो।