|  

इस्लामाबाद पुगे इमरान खानका हजारौं समर्थक  

११ मंसिर, काठमाडौं ।  पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गरिरहेका छन् ।

खानलाई रिहा माग गर्दै सोमबार पीटीआईका कार्यकर्ता इस्लामाबादको सीमामा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी-चोक पुग्नु हो ।

इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना बोलाएको छ।यसै वर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाएको थियो ।