|  

रामेछाप-काठमाडौं उडान बन्द !

११ मंसिर, काठमाडौं । विमान कम्पनीहरुले रामेछाप-काठमाडौं उडान बन्द गर्दा टिकट काटेका यात्रु अलपत्र परेका छन् ।

निजी विमान कम्पनीहरुले रामेछापबाट काठमाडौं र काठमाडौंबाट रामेछापको लागि नागरिक उड्डयन मन्त्रालयले उडान तालिका नै नराखेको भन्दै दुई हप्तादेखि उडान सेवा बन्द गरेका हुन् । दुई हप्ता अघिसम्म तारा एअर, सीता एअर र समिट एअर गरी तीन वटा हवाई कम्पनीले दैनिक एक एक वटा उडान भर्दै आएका थिए ।

गएको असोजको बाढीले बीपी राजमार्ग क्षतविक्षत बनाएर काठमाण्डौबाट रामेछापसम्मको सम्पर्क टुटेपछि र निजी विमान कम्पनीहरुले दैनिक उडान भर्दा निकै सहज भएको थियो । तर, अहिले उडान बन्द भएपछि रामेछापका बिरामी र यात्रुहरु बीपी राजमार्ग हुँदै घण्टौँ लगाएर काठमाडौं पुग्न बाध्य छन् ।