|  

रविलाई काठमाडौं ल्याउने भएपछि माइतीघरमा रास्वपाको प्रदर्शन

११ मंसिर, काठमाडौं ।  सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएपछि रास्वपाका नेताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि काठमाडौंमा ल्याउन तयारी भइरहेको छ।