|  

सामरिक रस्साकसी अमेरिका-चीन र भारत  

११ मंसिर, काठमाडौं ।  विपिन देव - भर्खरै डा. श्रीराम चौलीयाद्वारा लिखित एक चहकिलो पुस्तक सार्वजनिक भएको छ । “इण्डियाः कलोजेष्ट स्ट्राटेजीक पार्टनरस” नामक उक्र पुस्तकले मोदी-सी-ट्रम्पको सामरिक रस्साकसीलाई उद्घाटित गरेको देखिन्छ । वर्तमान भू-राजनीतिलाई अमेरिका चीन भारतको त्रीकोनात्मक सम्बन्धले यथेष्ट रूपमा प्रभावित गरेको देखिन्छ । भारत-चीन विच तनाव शिथिलिकरणको वाटोमा लम्किएको देखिन्छ । सन् २००५ मा भारत चीन सामरिक साझेदार समेत रहेको थियो । 

इतिहासको त्यो कालखण्डमा सिकिम्म भारतको अभिन्न अङ्ग भएको कुरा चीनले कूटनीतिक मोहर समेत लगाएको  थियो । सन् २०१३ मा सी राष्ट्रपति र २०१४ मा प्रधानमन्त्री मोदी हुनु एक नयॉ युगको सुत्रपात   थियो । सन् २०१४ देखि सन् २०१७ सम्म १३ पटक भन्दा अधिक वार्ता गर्ने नेताहरूको रूपमा मोदी र सी नै थिए । सन् २०१७ पश्चात चीनको भारत प्रतिको सामरिक नीतिमा आमूल परिर्वतन देखियो । सन् २०१७ ताका भारत अमेरिकी नेतृत्वमा कर्वाडको सक्रिय सदस्य हुनु र अमेरिकासंग हरेक कूटनीतिक मञ्चमा समझदारी र सदभाव बढाउनु जस्ता परिघटनाले भारत प्रतिको चीनिया नीतिमा चीन आफ्नो  बुल्फ वारीयर कूटनीतिको प्रयोग भारतमा सुरुवात गर्यो । 

ताइवान, मंगोलीया र तिब्वतमा भइरहेको अमेरिकी गतिविधिलाई निरुत्साहित गर्न अमेरिकासंग सामीप्यता राखेका मुलुक चीनले कूटनीतिक र सामरिक दवाव दिन सिलसिलाको सुरुवात गर्यो । तदनुरुप अष्ट्रेलीयालाई दवावमा राख्न चीनले १४ वुदे शर्त राख्यो भने जापानको सिनकाकु टापु माथि आप्mनो अधिपत्य रहेको कुरा चीनिया कम्युनिष्ट पार्टीका मुखपत्र ग्लोवल टाइम्सले अभिव्यक्त गर्यो । फिलिपिन्स, मलेशीया लगायत हरेक सीमावर्ती मुलुकहरूलाई दवावमा राख्न चीनले बुल्फ वायीयर डिपलोम्यासीलाई प्रयोग गर्यो । चीनको कूटनीतिक आकलन गलत सावित भयो । फिलिपिन्स, जापान र आसीयानका मुलुकहरू समेत अमेरिकासंगको सामीप्यतामा विषेश जोड दियो । 

चीनिया नीतिले गर्दा हिन्दमहासागरीय क्षेत्रमा कर्वाड र अम्सको निर्माण समेत भयो । विगतका केही दिनमा चीनले आफ्नो भारत प्रतिको दृष्टिकोणमा परिर्वतन ल्याउने संकेत दिदै सन् २०२० देखि १७ हजार फिटमा रहेका ५० हजार भन्दा अधिक सेनालाई पछाडी हटाचएका छन् जसको स्वागत भारतले समेत गरेको देखिन्छ । भारत चीन आफ्नो  व्यापारिक सम्बन्धलाई घनिभुत बनाउन गम्भीर देखिएको छ । एक अर्को प्रतिको र्निभरता पनि वडो अनौठो देखिएको छ । विश्वको फार्मेसीको हब रहेका भारतले ८५ प्रतिशत कच्चा पर्दाथ चीनवाट आयत गरेको देखिन्छ । चीनलाई कूटनीतिक दवावमा राख्न भारतले व्रम्हमोस क्षेप्यास्त्र फिलिपिन्स र भियतनामलाई उपलब्ध गराएको छ । वर्तमान परिवशेमा चीनिया विकास दरमा कमी भएको कारणले गर्दा चीनले भारत जस्तो बजारलाई कुनै हालतमा गुमाउन खोजेको छैन ।

 भारत चीनको सम्बन्ध भारत-अमेरिका-चीनको त्रीकोणात्मक सम्बन्धले पूर्ण प्रभावित गरेको हुन्छ । ट्रम्पको आगमनका साथै चीन प्रति अमेरिकी नीतिमा परिर्वतन हुने जानकारहरूको बुझाई रहेको छ । ट्रम्पको नीतिले गर्दा कालान्तरमा चीनबाट अमेरिकी पू‘जी र प्रविधि पलायन हुने समेत जानकारहरूको बुझाई रहेको छ । चीनिया पू‘जी पलायत हुनुको कारण ट्रम्पको कर नीति नै हो । अमेरिकी संरक्षणवादले चीनमा रहेका ७० हजारको हारा हारीमा रहेका यूरोपेली यूनियनका कम्पनीहरू र ८० हजार जापानी कम्पनीहरू समेत चीनमा लगानी गर्न हिचकिचाइ रहेको अवस्था छ । चीनबाट पू‘जी पलायन भएको खण्डमा सो पू‘जी भियतनाम, मलेशीया लगायत भारतमा समेत हुने जानकारहरूको बुझाई रहेको छ । सामरिक जानकार फरिद जाकरीया अनुसार ट्रम्पको नीतिबाट भारत लाभ लिएको खण्डमा भारत आफ्नो आर्थिक महत्वांकाक्षलाई प्रत्याभूत गर्न सर्मथ हुन सक्दछ । जसको लागि भारतले भगीरथ परिश्रम गर्नु पर्नेछ । 

अर्थात् विदेशी लगानीलाई पूर्ण रूपमा भित्र्याउन राजनीतिकरणलाई निष्तेज गर्दै लगानी मैत्री कानुन समेत निर्माण गर्नु पर्नेछ । अमेरिकी र यूरोपेली लगानीका लागि भारतले धेरै पूरानो कानुन र नीति नियमलाई समेत खारेज गर्नु पर्दछ । ट्रम्प र मोदीको रसायनले दक्षिण एसिया र मध्य एसियामा नयॉ राजनीतिक वातावरणको निर्माण हुने जानकारहरूको बुझाई रहेको छ । वाइडेनको नीति पृथक थियो । वाइडेनको वंगलादेश प्रतिको नीति र अफागानीस्तान प्रतिको नीति भारतको पक्षमा थिएन । अफागामनीस्तानमा २० वर्षदेखि लगानी भारतले गरेता पनि अमेरिकी सेना फिर्ता हुन वित्तिकै भारतद्वारा अफानीस्तानमा भएको लगानी ओझेलमा परेका छन् ।

विगत १० वर्षमा वंगलादेश र भारत विच विकसित भएको विकास र समृद्धिको सम्बन्ध डा. युनुसको आगमनका साथै प्रश्नको युनुसको आगमनका साथै प्रश्नको घेरामा देखिएको छ । हिन्दुहरू माथि वंगलादेशमा भइरहेको अत्याचारलाई हिन्दुभाष्यबाट स्थापित भएका भारतीय जनताच पार्टी मुखर्दशक भएका छन् । ट्रम्पद्वारा तुलसी गायबाटलाई खोपीया विभागमा नियुक्त हुनु इश्लामीक कट्टरपन्थीहरूको लागि ठुलो जवाफ देखिन्छ । अर्थात् ट्रम्प र मोदीको सहकार्यमा तीव्रता बढ्नु र त्यसको पराकम्पन भारत चीन सम्बन्धमा देखिनु स्वाभिक नै हो ।