|  

विद्यार्थी घटेपछि बागलुङका १० वटा विद्यालय बन्द

११ मंसिर, काठमाडौं । बागलुङमा विद्यार्थी सङ्ख्या न्यून भएपछि १० वटा विद्यालय बन्द गरिएको छ ।

जैमिनी नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ ।

पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएको छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ ।