|  

​​​​​​​सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउँदै सरकार

११ मंसिर, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र रचनात्मक बनाउने विश्वास दिलाएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने पार्टी नेकपा एमाले भएको दाबी समेत गरे । समय क्रममा सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुका साथै त्यसमा नयाँ पनि ल्याइएको भन्दै उनले त्यसकै आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गरे ।  राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको उनको भनाई छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उनले बताए ।