१२ मंसिर, काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ ।
मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ ।
यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।