१२ मंसिर, काठमाडौं । उत्तरी म्यासेडोनियामा ६१ वर्षीया वृद्धाले बच्चा जन्माएकी छन् ।
स्कोप्जे युनिभर्सिटी क्लिनिक अफ गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्सका निर्देशक इरेना अलेक्सियोस्का पपेस्टिभका अनुसार नाम उल्लेख नगरिएकी नयाँ आमा इन भिट्रो फर्टिलाइजेसन प्राप्तकर्ता थिइन् । ‘६१ वर्षीया बिरामीले बच्चा पेटरको जन्मले चिकित्सा संसारमा अब कुनै सीमा छैन भनेर देखाउँछ,’ स्रोतले भन्यो ।
चिकित्सकहरूले उनको गर्भावस्थाको समयमा बिरामीलाई नजिकबाट अनुगमन गरेका थिए । जसमा उनलाई उच्च रक्तचाप र मधुमेह भएको पत्ता लागेको थियो । बिरामीले विगतमा १० अलग–अलग इन विट्रो उपचारहरू गराएकी थिइन् ।
उत्तर म्यासेडोनियामा इन भिट्रो उपचार प्रयोग गर्ने महिलाका लागि कुनै उमेर सीमा छैन ।अधिकारीहरूका अनुसार आमा र नवजात शिशुलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । बच्चाको बुबाको उमेर ६५ वर्ष भएको बताइएको छ ।