|  

युक्रेनले अमेरिकी मिसाइल प्रहार गर्दा वायु रक्षा प्रणाली ध्वस्त भयोः रुस

१२ मंसिर, काठमाडौं ।  रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ ।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस–४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको थियो । भर्खरै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको थियो र त्यसलाई रुसभित्र लक्षित गर्न अनुमति दिएको थियो ।

युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो । यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति आयो, जसमा उसले प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ ।

गत हप्ता अमेरिकाले युक्रेनलाई गहिरो मार हान्न एटीएसीएमएस मिसाइल दिएपछि युक्रेन र रुसबिचको तनाव चरम सीमामा छ । रुसले उत्तर कोरियाली सेनालाई रुसमा तैनाथ गरेको बताइएको छ।