|  

धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

१२ मंसिर, काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ ।

मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योग जलेको छ।टपरी उद्योगमा तयार भएको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको छ ।

आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।