|  

बुढानिलकण्ठमा बीआरआईबारे कांग्रेसका शीर्ष नेताबीच छलफल जारी 

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन छलफलमा जुटेको छ ।

पार्टी सभापति शेरबहादुर दउवाको निवासमा आज कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा छलफल गरिरहेका छन् ।

बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, सिटौलालगायत सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ ।