|  

विजय बरालले सुरू गरे ‘लाज शरणम्’ को छायांकन

१२ मंसिर, काठमाडौं । अभिनेता विजय बरालले ‘लाज शरणम्’ को छायांकन सुरू गरेका छन् ।

मंगलबारदेखि बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोस्रो चरणको छायांकन सुरू गरेका हुन् । दसैंअघि डोल्पा सुटिङ सकेको फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरू गरेको हो ।  हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ ।

फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे,सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, बबिन राराई, रामभजन कामत, कमलमणी नेपाल, लगायतका कलाकारको अभिनय रहनेछ।