१२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
विद्युतीय अपराध, सम्पत्ति शुद्धीकरणसहितको आरोपमा यही मंसिर ४ मा पक्राउ परेका प्रसाईं प्रहरी हिरासतमा छन् । प्रहरीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएका कारण उनी दोस्रोपटकको म्याद थपपछि प्रहरी हिरासतमै रहेका छन् ।
उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।