|  

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने

१२ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ ।

भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन । परराष्ट्र मन्त्री आरजु राणा देउवा भोलि चीन जानेछिन । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ । १५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको बताइएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने बताइएको छ ।