१२ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले एमसीसी जसरी बीआरआई नगिजोलियोस् भन्नेमा सचेत गराएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति समेत रहेका यादवले बीआरआई दस्तावेज पारदर्शी हुनुपर्ने बताएका हुन् । समितिमा यो दस्तावेज ल्याएर छलफल गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘एमसीसी जसरी गिजोलियो त्यसले अहिलेसम्म हामी विभक्त हुन पुगेका छौं । त्यही खतरा बीआरआईको हकमा पनि देखिएको छ ।’
बीआरआई सन २०१३ मा विकास परियोजना भएपनि अहिले सामरिक रणनीति भइसकेको उनले बताए । बीआरआईमा के छ भन्ने कुरा कसैलाई थाहा नभएको बताउँदै उनले संसद्मा ल्याउन किन हिचकिच ? भन्दै प्रश्न समेत गरे ।